काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेमा ठुलो पहिरो जान लागेको दाबी गरेका छन् । बुधबार समाजवादी आदिवासी जनजाति काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले, अब एमालेमा ठुलो पहिलो जाने भन्दै त्यसका लागि आफ्नो पार्टीले सही बाटो लिनु पर्ने बताए ।

‘अहिले हामी के कुरामा बढी मात्रामा चिन्तित छौं भने हामीसँग सँगै विद्रोह गरेर आएका कतिपय साथीहरु पलायन हुँदै फेरि एमालेतर्फ फर्के भन्ने चिन्ता नि हामीसँग छ । विभिन्न जिल्लामा त्यस्ता घटनाहरु घटिरहेका छन् ।’ उनले भने ‘तर हामीले यही मञ्जबाट तपाई हामीले एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गराएका छौं । यो के को थालनि हो भने अब एमाले भित्र पहिरो जाँदैछ । हामीले सहि बाटो लिने हो भने केहि वर्षभित्र हाम्रो पार्टी राष्ट्रिव्यापी बन्न सक्छ ।’

अहिले पनि समाजवाद ल्याउन सकिँदैन बन्ने बाटोमा लागेको भन्दै एमाले दक्षिणपन्थी अवसरवादतर्फ लागेको आरोप दोहो¥याए ।
उनले भने, ‘अहिलेको समाजवाद त ल्याउँनै सकिँदैन भन्छ एमालेले । समाजवादलाई अहिले कार्यक्रम बनाउनै सकिँदैन । अहिले पनि दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको दस्तावेज हेर्नुभयो भने समाजवाद ल्याउन सकिँदैन् । त्यसले जबज नै लक्ष्य हो भन्छ उसले ।यसरी त्यो पार्टी दक्षिणपन्थी अवसरवादतर्फ लाग्यो ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

4 × 5 =