काठमाडौं ।
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको लामिछाने विरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो ।
तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fifteen + 20 =