काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य धवल शम्शेर राणाले प्रधानमन्त्री प्रचण्डले विदेश भ्रमण जानु अघि, प्रयाप्त छलफल गर्न सुझाव दिएका छन् । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले, गम्भीर भएर राष्ट्रिय चासोको विषयमा छलफलसहितको तयारी आवश्यक रहेको बतए ।

उनले भने ‘प्रधानमन्त्रीले भ्रमणमा समितिको सल्लाह र सुझाव लिएर जाँदा राम्रो हुन्थ्यो । अहिले चिनियाँ राजदूतले बोलेको जस्तो विषयमा अन्य मुलुकले पनि बोल्न थाले भने हाम्रो नियन्त्रणभन्दा बाहिर जानसक्छ ।’

सीमा क्षेत्रमा नागरिकले दुःख पाएको गुनासो बढिरहेको र लामो लाइन लगाएर भन्सार जाँच गर्ने र १०० रुपैयाँको समानमा भन्सार खोज्दा जनताले दुःख पाएको उनको भनाइ छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

twenty − nine =