काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आज महानगरपालिका अन्तरगतका कार्यालयहरूमा शोक बिदा दिएको छ । शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले बिदा दिने निर्णय गरेको हो ।
शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द हुने छैन् । रिजालको उपचारको क्रममा हिजो निधन भएको थियो । उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो ।