स्याङ्गजा
नगर शिक्षा समितिका अध्यक्ष एबम नगर प्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षतामा सन्चालन भएको कार्यक्रम गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती तिवारीको प्रमुख आतिथ्यता रहेको थियो । साथै नगर उपप्रमुख हेमा न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्माको विशेष उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमाल भण्डारीले र स्वागत मन्तब्य शिक्षा शाखा प्रमुख केदारराज आचार्यले गरेको कार्यक्रमको धन्यवाद मन्तव्य गल्याङ नगरपालिका नगर शिक्षा समिति सदस्य द्रबेन्द्रदेब खनालले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय मन्त्री तिवारीले बौद्धिक सक्षमताले भरिपूर्ण रहेको शिक्षकहरुको अगाडि आफू केही सिकाउन नभै आशिर्वाद लिन आएको बताउदै सबैप्रती श्रद्धा पूर्वक सम्मान ब्यक्त गरेकी थिइन् उत्त अबसरमा उनले यो बर्गको हातमा सभ्य समाज निर्माणको तागत रहेकोले आफ्नो पेशामा प्रतिबद्ध भएर लाग्न अनुरोध समेत गरिन ।
नगर प्रमुख भट्टराईले अतिरिक्त कृयाकलापको माध्यमबाट बिद्यार्थीमा रहेको अन्तर निहित क्षमताको बिकास गरि उनीहरुमा सकारात्मक उर्जा भर्दै उत्साही बनाउदै शैक्षिक प्रगतिका लागि थप उत्प्रेरित गर्नु रहेको बताए । कुनैपनी क्षेत्रमा जस्तो सोच राखिन्छ त्यस्तै उपलब्धि प्राप्त हुने भएकोले सकारात्मक सोच राख्दै आफ्नो कर्ममा लाग्न सबैलाई अनुरोध गरे । सोही अबसरमा बोल्दै उनले शिक्षकहरुको असल कर्म र निरन्तरताले नै सभ्य समाज निर्माण हुने भएकोले त्यो दिशामा कर्तब्यनिष्ट भएर लाग्न अनुरोध गर्दै शिक्षकहरुप्रती सम्मान ब्यक्त गरे । कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले सभ्य समाज निर्माणमा लाग्न सबै शिक्षकहरुमा अनुरोध गरिन ।
साक्षरता दिवसको सन्दर्भमा आयोजित नगर स्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता , कबिता लेखन तथा वाचन प्रतियोगिता, नृत्य प्रतियोगिता र आधारभूत तह नृत्य साथै बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो ।
उत्त अबसरमा कक्षा ५ र ८ को उपलब्धिमापन परिक्षामा नगर प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थी , बिधालय साथै उत्कृष्ट नम्बर आएका बिषय शिक्षक, प्रतियोगिताका बिजेता, लामो समय शिक्षण पेशामा रहि अवकास प्राप्त शिक्षक, बढुवा शिक्षक साथै आफ्नो पेशामा प्रतिबद्ध शिक्षक, कर्मचारी, शिशु सहयोगी कार्यकर्ता, बिब्यस अध्यक्षहरु, गल्याङ र मालुङ्गा बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरु, कर्मचारी लगायतका ब्यक्तिहरुलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरभित्रका सामुदायिक र सस्थागत बिधालयका सयौ शिक्षकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।