काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर १ लाख ११ हजार ९ सय रुपैयाँ कायम भएको हो । गत शुक्रबार छापावाला सुनप्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घटेर १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तैगरी चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

ten − 5 =