काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग काठमाडौं जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

आइतबार अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलाशले उक्त आदेश दिएको स्रेस्तेहार कोशलेश्वर ज्ञवालीले जानकारी दिए। उनीसँगै अनय १७ जनालाई पनि छाडेको हो।

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

4 × 4 =