काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आशिफ शेखमाथि बलात्कार आरोप लागेको छ । आइतबार दिउँसो बलात्कारको उजुरी लिएर पीडित पक्ष महानगरीय प्रहरी परिसर काठमाडौँमा पुगेको स्रोतले जनाएको छ।

त्यसपछि पीडित पक्षलाई परिसर प्रहरीले कालीमाटीस्थित महिला सेलमा पठाएको थियो । महिला सेलले उनीहरूलाई उजुरीमा रित नपुगेको भन्दै फर्काएको छ। तर उनीहरुले आज रित पुर्याएर गए उजुरी दर्ता हुने बताइएको छ। एक युवतिले आशिफ शेखले बलात्कार गरेको आरोप लगाएकी हुन्। परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले रित पूर्वक निवेदन लिएर आएमा अनुसन्धान अघि बढाउने बताए । पीडित पक्षले भने रित पुर्याएर सोमबार निवेदन दिने जानकारी दिएको छ । भर्खर मात्र एसिया कपमा शेखले भारतविरुद्ध अर्धसतक प्रहार गरे संगै उनको चर्चा भईरहेको थियो। यतिबेला सामाजिक संजालमा भने पिडित पक्षको मोबाइल नम्बर सहित एउटा निबेदन भाइरल गराइएको छ। तर उक्त निबेदन साँचो वा झुटो हो भनेर आधिकारिक निकायले पुष्टि गरेको छैन ।

त्यसैगरी क्रिकेटर सन्दिप लामिछाने माथि पनि एक नावालिकाले बलात्कार आरोप लगाएकी थिइन् । लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाई हुने क्रममा छ । उनीविरुद्ध मुद्दा दायर भएको एक वर्ष पुग्न लागिसक्यो । तर, छिनोफानो भएको छैन ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five × four =