काठमाडौं । स्वयंसेवी रक्तदाताहरू एवं रक्तदान कार्यक्रम आयाेजक संघ/संस्थाहरूकाे राष्ट्रिय छाता संगठन नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यकाे नेतृत्वले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग आइताबार भेट गरेका छन्। उनीहरुले देशभित्र सञ्चालित रक्त व्यवस्थापनकाे क्षेत्रमा गरिनुपर्ने सुधारका पक्षहरू र हालसम्म सम्बाेधन हुन नसकिएका पाटाहरू लाई समेटिएको ज्ञापन-पत्र प्रधानमन्त्रीलाई बुझाएका हुन्।

स्वयंसेवी रक्तदाताहरू र रक्तदान कार्यक्रम आयाेजक संघ/संस्थाहरूकाे तर्फबाट बुझाइएको ज्ञापनपत्र कार्यान्वयनकाे लागि पहल गर्ने प्रधानमन्त्रीले प्रतिबद्दता जनाएका छन्। साथै उक्त ज्ञापन-पत्र बुझाउने समूहमा क्रमशः नेपाल स्वयंसेवी रक्तदाता समाजका महासचिव कृष्ण चाैहान क्षेत्री, केन्द्रीय सदस्य प्रवेश कुमार शाक्य, सुशील घर्ती,ललितपुर जिल्ला शाखा अध्यक्ष नवीन महर्जन र start 18 starts team का राष्ट्रिय संयाेजक परभस ज: आचाजु रहेका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

8 − 5 =