काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले नेपालमा आर्थिक क्रान्ति सम्भव भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित११० औं वीपी जन्म जयन्तीको अवसरमा राष्ट्रिय कार्यशाला गोष्ठि कार्यक्रममा उनले आर्थिक परिवर्तनमा उत्पादनको बहार निजी क्षेत्र हुनुपर्ने बताए ।
‘नेपालको आर्थिक क्रान्ति सम्भव छ । तर हाम्रो आत्माविश्वास बढाउनुपर्छ ।आर्थिक परिवर्तनको उत्पादनको बहार निजी क्षेत्र हुनुपर्छ । त्यसमा सरकारले सहयोगी भूमिका ,सहजकर्ताको भूमिका र प्रतिष्पर्धा सुनिश्चिता सरकारले गर्छ ।’

शिक्षा स्वास्थ्य र उत्पादनमा सरकारले अझै लगानी गर्नु पर्ने उनको भनाई छ । उत्पादन र वितरणको नेतृत्वमा सरकारले गर्ने बताएका उनले आफ्नै देशमा उत्पादन बढाएर रोजगारीको अवस्था सिर्जना गर्नुपर्ने बताएका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five + 9 =