काठमार्डौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यो बेला नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको टिप्पणी गरेका छन् । बौद्वजागरण केन्द्रद्वारा आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधनगर्दै मन्त्री किरातीले आफू प्रधानमन्त्रीलाई धोका दिने पक्षमा नरहेको बताए । मन्त्री किरातीले भने “ यो सरकार प्रती आम जनताको आशा जागेको छ । प्रधानमन्त्रीले पनि हामी क्याविनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राख्नु भएको छ यो अवस्थामा म बाट प्रधानमन्त्रीलाई धोका हुने छैन । प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो ।’
त्यस्तै यो सरकार गठन पछि धेरै काम भईरहेको जिकिर गर्दै जनतामा बिस्तारै आशा जागेको दाबी गरे । उनले भने ‘प्रधानमन्त्रीको यो स्प्रीडलाई समात्नु मेरो पहिलो कर्तव्य हो । मलाई घरी घरी आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब नभएको होइन तर म कदापि गलत काम गर्दिन बरु म पद त्याग्न तयार छु ।’ उनले आफूलाई भेट्न आउनेहरुमाथि समेत शंका लाग्ने गरेको तर्क गरे ।
‘दलाल हरु मलाई भेट्न आँट गर्दैनन कि आफ्नै मान्छेको भेष भुषामा सिखण्डी बनेर आएका हुन कि संङ्का लाग्छ । कृपया त्यसो नगर्नुहोस देशको मुखेन्जी तपाईसंगको सम्बन्ध मेरो लागि केहि पनि होइन । देश भन्दा माथि न म छु न मेरो पद छ । जीवनको बाजी थापेर देश बनाउने काममा लाग्नु हो । राजनीति भनेको जीवनको शुख र भोग बिलासको लागी होइन ।’ उनले भने ।