काठमाडौ। क्यानडा पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गर्ने झापा गौरादह नगरपालिका-७ घर भएका २४ वर्षीय सुजन पुरी पक्राउ परेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार साँझ कागेश्वरी मनोहरा नगरपालिका-१ बाट पक्राउ गरेको हो।
पुरीले पटक-पटक गरी १० लाख रूपैयाँ ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेपछि पुरीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।