काठमाडौं । पार्टी उपाध्यक्ष तथा संसदीय दलका उपनेताको अप्रत्याशित निधन पछि नेकपा एमालेले सचिवालय बैठक बसिरहेको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बसेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

बैठक अहिले बिहान ११ः०० बजे पार्टी मुख्यालय च्यासलमा बैठक बसिरहेको उनले जानकारी दिए । गएराति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो ।

उनको पार्थिव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि ल्याइँदै छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

16 − two =