काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको निधन भएको छ । ५९ वर्षीय विश्वकर्माको गएराति ह्दयघातका कारण निधन भएको नेकपा एसका नेता दिलु पन्तले जानकारी दिइन् ।

शौचालय गएर आएपछि सुतेका उनी नचलमलाएपछि अल्का अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याउने साथ उनलाई मृत घोषणा गरिएको हो । रौतहटको गौर स्थायी घर भएका उनी परिवारसहित ललितपुर बस्दै आएका थिए । विहान ११ बजेसम्म उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यायल आलोकनगर राखिएको थियो ।

उनको आजै दिउसो पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ । मुक्ति संगठनका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माका एक छोरा, छोरी र श्रीमती छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

15 − 10 =