काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले छिटो फाइदा कमाउने प्रवृत्ति घातक भएको टिप्पणी गरेका छन् ।
नेपाली उपभोक्ता संरक्षण महासंघको दोस्रो साधारण सभालाई काठमाडौंमा सम्बाधेन गर्दै उनले उनले मन शुद्ध नभई शुद्ध सामान उत्पादन नहुने र शुद्ध सामान बजार नुगेपछि समाज शुद्ध नहुने तर्क गरे ।

‘हाम्रो मन अशुद्ध भएपछि सबै वस्तु अशुद्ध हुन्छ । हरेक मानिसको मन शुद्ध नभएपछि बजारमा कसरी शुद्ध सामान पाइन्छ । सफा मनले वस्तु उत्पादन गरेर बजार पठाउँने हो भने पो सामान शुद्ध हुने हो । हामी आफै शुद्धिकरण भएपछि मात्रै मिसावटरहित सामान आउँन सक्छ ।’ उनले भने, ‘कानून बनाएर, विधेयक बनाएर मात्रै बजार शुद्धिकरण हुन्छ भन्ने कुरा होईन् । हामीलाई छिटो फाइदा कमाउँने प्रवृत्ति बढेको कारण बढि मिसावट भएको जस्तो देखिन्छ ।’

उनले उपभोक्ताको हितका लागि आफ्नो प्रयास सदैव सकरात्मक रहने वचन दिए। महासंघले नेपालीहरुको उपभोग गर्ने अधिकारलाई संरक्षण गर्ने प्रसाय गरेको भन्दै उनले सो प्रयासमा सरकार सधैँसँगै रहेको बताए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

19 + 1 =