काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार आठ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम रहेको छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा १४ सय ५ रुपैयाँ कायम थियो ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =