काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा उनले जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम नदिने भन्दै कार्यादेश अनुसार जोखिम उठाउन आवश्यक भएको बताए ।

उनले भने, “हामी सबैले जिम्मेवारी बहन गर्ने तिरबाट सोच्नुपर्छ । जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन । जिम्मेवारीमा जोखिम हुन्छ, जोखिम मोल्न तयार हुने हुनुपर्दछ । नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको सुरूवात भएको छ । यो आफैमा राम्रो सुरूवात हो। तर, राम्रो परिणाम ल्याउन आउने दिनहरूमा धेरै मेहेनत गर्नुपर्दछ । त्यसरी मात्र परिणाम दिन सकिन्छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

ten + 8 =