काठमाडौं । नेकपा एकीकृत समाजवादीले २१ जना केन्द्रीय सदस्य मनोनित गरेको छ । भाद्र ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयको अपानी जारी गर्दै नेकपा एसले केन्द्रीय सदस्य थप गरेको जानकारी गराएको हो ।

नेकपा एसका अध्यक्ष माधव नेपालले जारी गरेको अपानीमा थपिएका सदस्यहरुमा अजबहादुर मल्ल बाजुरा, ओमचरण अमात्य–भक्ततपुर,गौतम राई काठमाडौं, गोविन्द चेपाङ मकवानपुर, चन्द्रा श्रेष्ठ झापा,चिरञ्जीवी भट्टराई सुनसरी, जयप्रकाश यादव –बारा,दिपक केसी काठमाडौं,धनबहादुर कार्की दोलखा,धर्म शाही मुगु, नन्द बञ्जाडे काठमाडौं, बरुनाथ योगी दैलेख, बैकुण्ठ भुसाल पर्बत, भक्तिमान सुब्बा– पाँचथर,मिना लामा –मकवानपुर, रामप्रसाद ढुंगाना काठमाडौं– लंक हमाल– कपिलवस्तु शालिकराम भट्टराई नवलपरासी पूर्व, शिवकुमारी खनाल काठमाडौं, शैलेन्द्र उपाध्याय रूपन्देही र सुदेश पराजुली, काठमाडौं रहेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =