बुटवल। रोयल इनफिल्ड बुटवलको लागि आधिकारिक बिक्रेता गैरे प्रतिष्ठान प्रालिले रोयल इनफिल्ड हन्टर ३५० बिहीबारदेखि बिक्री शुभारम्भ गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले हन्टर ३५० नाडा अटो शोमा सार्वजनिक गरेको हो ।

बुटवल कालिकानगरमा रोयल इनफिल्डको शोरुममा रोयल इनफिल्ड हन्टर ३५० को बिक्री शुभारम्भ गर्दै प्रालिका अध्यक्ष प्रेमराज गैरेले हन्टर अहिलेसम्मकै सबैभन्दा कम मूल्यमा ४ लाख ५० हजार रुपियाँमा सुरुवाती मूल्यमा हन्टर सार्वजनिक गरेको हो भने यसको टप भेरियन्टको मूल्य ४ लाख ७९ हजार रुपियाँ कायम गरेको जानकारी गराएका थिए । व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्ने शुभचिन्तक, आफन्तजन, व्यावसायिक प्रतिष्ठानहरुलाई प्रालिका सञ्चालक लक्ष्मी गैरेले धन्यवाद व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा प्रालिका वरिष्ठ प्रवन्धक ध्रुव सापकोटाले नयाँ लन्चिङ भएको रोयल इनफिल्ड हन्टरलाई ग्राहकले मन पराउने विश्वास व्यक्त गरे । हन्टर रेट्रो र मेट्रो दुई भेरियन्टमा विभिन्न कलरमा उपलव्ध भएको र ३४९ सिसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एण्ड आयल कूल्ड इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ हर्सपावर र ४ हजार आरपीएममा २७ न्यूटन मिटर टर्क जेनेरेट गर्ने यो ईन्जिन ५ स्पीडको गियर बक्स उपलव्ध भएको सापकोटाले जानकारी दिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =