काठमाडौं । स्वास्थ्यतथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नभई राष्ट्रको विकास सम्भव नभएको बताएकाछन् । राष्ट्रिय जनसंख्या सम्मेलन २०८० लाई काठमाडौंमा सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास भौतिक निमार्णसँग होईन मानवीय संवेदनासँग जोडिएको बताए। मानवीय संवेदनालाई सम्बोधनन गरी भौतिक विकासले मात्रै देश विकास भएको मान्न नसकिने उनको तर्क छ ।

‘म मन्त्री भएप नि नभए पनि कुनै पदमा भए पनि नभए पनि शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यकता हो । यसको विकास बिना व्यक्ति देखि राष्ट्रसम्मको विकास सम्भव हुदैँन् त्यसकारण यस क्षेत्रमा लागिरहेको छु ।’ उनले भने, ‘यो काम भौतिक निमार्णसँग होईन मानविय संवेदनासँग जोडिएको विषय हो । त्यसकारण हामी यसमा बढि गम्भीर हुनु आवश्यक छ । राम्रो काम गर्नुपर्छ र त्यसको सुरुवात आफैँबाट गर्नुपर्छ । हामीसँग विकृती र विसंगती धेरै छन् त्यसलाई चिर्न आवश्यक छ ।’ यस्तै, उनले तीव्र सहरीकरणका कारण सहरी सुविधाहरु बढाउँन र विकासको ढाँचामा परिवर्तन गर्न आवश्यक देखिएको भन्दै जनसंख्या व्यवस्थापनमा सबै तहका सरकार तथा गैर सरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यकभएको बताए ।

उनले भने, ‘जनसंख्या व्यवस्थापनका नयाँ चुनौतीहरु देखा परेका छन् । तीव्र सहरीकरणका कारण सहरी सुविधाहरु बढाउँन आवश्यक देखिएको छ भने अर्को तिर पुरानाबस्ती र गाँउहरु रित्तो हुदैँ जादाँ विकासको ढाँचामा परिवर्तन गर्न आवश्यक देखिएको छ । जनसंख्या व्यवस्थापनमा सबै तहका सरकार तथा गैर सरकारी क्षेत्रको समन्वय र सहकार्य आवश्यक भएको छ ।’ उनले जनसंख्याको सन्तुलन, व्यवस्था र विकास गर्न सकेनौ र विकासका कार्यक्रमहरु दुर्गम बस्तीमा पु¥याउँन सकेनौ भने समस्या समाधान नहुने भन्दै विपन्न वर्गलाई बढि लक्षित गरेर काम गर्दा देशभरका दातृ संस्थाहरु सहयोग गर्न तयार हुने बताए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =