काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकलाई आसन्न अमेरिका र चीनभ्रमणबारे जानकारी दिन उपस्थित भएका उनले पूर्वमन्त्रीमाथिको आक्रमणबारे सरकार गम्भीर भएको बताएका हुन् ।

आक्रमणकारीलाई प्रचलन कानून बमोजिम कारबाही गर्ने भन्दै यसप्रकारका घटना दोहोरिन नदिन र शान्तिव्यवस्था मिलाउँन सरकार दृढ र प्रतिवद्ध रहेको उनले बताए । उनले भने, ‘नेपाली काङ्ग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अगाडि बढेको जानकारी गराउन चहान्छु ।यसप्रकारका घटना दोहोरिन नदिन र शान्तिव्यवस्था मिलाउँन सरकार दृढ र प्रतिबद्ध रहेको जानकारी गराउँछु ।’

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 × 1 =