काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशको अर्थनीतिबारे सरकार कुहिरोको काग जस्तै दिशाहीन रहेको दाबी गरेका छन् । काठमाडौंमा आयोजित समाजवादी सहकारी संगठनको प्रथम स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सहकारीको क्षेत्रबारे सरकार कुहिरोको काग जस्तै बनेको टिप्पणी गरेका हुन् ।

‘सहकारी क्षेत्रलाई हामीले राम्रो ढंगले अगाडि बढाउनु पर्नेछ । विभिन्न खालका सहकारी आए । यीनीहरुलाई अघि बढाउन पनि समृद्ध खालका ऐन कानूनहरु बनेनन् । पछिल्लो अवधिमा हामीले खास गरी यो ६२/६३ को परिर्वतनपछि बनेको संविधानको मर्म र भावना छ तीन खम्बे अर्थतन्त्र निर्माण गर्ने त्यस मध्ये सहकारीको महत्वपूर्ण भूमिका हुनुपर्छ भन्ने कुरा भनेको छ ।’ उनले भने ‘तर कति हुनुपर्छ त सहकारीको भूमिका, राज्यको क्षेत्रको भूमिका कति हो ? सहकारीको भूमिका कति हो ? निजी क्षेत्रको भूमिका कति हो ? त्यसको बारेमा सरकार पुरै कुहिरोको काग छ । न प्रचण्डको सरकारले यो विषयमा सोचेको छ । न देउवाको सरकारले सोच्यो न केपी ओलीको सरकारले सोच्यो कसैले पनि सोचेनन हेर्नुस् । अहिलेसम्म ठोस ढंगले नीति ल्याएको म चै देखिरहेको छैन् । ’ संविधानमा रहेका समाजवादी तत्वहरुलाई अगांलेर पुँजीवादी तत्वहरुलाई परिर्वतन गर्दै जानु पर्ने बताएका उनले निजी क्षेत्रलाई पनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए ।

‘पुँजीवाद स्थापना भएको १८ वर्ष भयो संविधान नै बनेको पनि १० वर्ष पुग्न लाग्यो ।’ उनले भने ‘यो पुँजीवादी व्यवस्था पुँजीवादी संसदीय व्यवस्थाबाट अब अगाडि बढ्न सकिँदैन् ।’

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eighteen − three =