काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत प्रस्थान गर्दैछन् । नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई भारत जान लागेका हुन् ।

भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्नुका साथै नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

उनको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चण्डीगढमा केन्द्रीत हुनेछ । उनी असोज ५ गते स्वदेश फर्कनेछन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

20 − seven =