काठमाडौं । । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका गएका थिए ।

उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो । एन्टोनियो गुटेरेससँग भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका छन् ।
महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

5 × three =