काठमाडौँ
पिडितले बैंकमा खाता खोली आफुले प्रयोग गर्ने मोबाईल नम्बरबाट Mobile Banking Active गराई आर्थिक कारोबार गर्दै आएकोमा पिडितको अनुमती बिना निजले प्रयोग गर्ने मोबाईल नम्बर मोबाईल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी निकाली सोहि मोबाइल नम्बरबाट Mobile Banking Active गराई पिडितकै बैंक खातामा पहुँच पुर्याई खातामा भएको रकम बिभिन्न बैक खाता तथा वालेटहरुमा पटक(पटक गरी जम्मा रु. ६०२,५५८ अक्षरुपी छ लाख दुई हजार पाँच सय अन्ठाउन्न) रकम ट्रान्सफर गरी SIM Duplication मार्फत ठगी गर्ने कार्यमा संलग्न जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं.६ घर भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. २ नयाँपाटी बस्ने बर्ष २२ को सरोज दिवाली पक्राउ गरी प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुर आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौंमा पठाईएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलय मिनभबन काठमाण्डौका सूचना अधिकारी प्रहरी उपरीक्षकः रविन्द्र रेग्मीले जानकारी दिए ।
पक्राउ परेका ब्यक्तिको विवरण यस प्रकार रहेको छ :-
नामथर- सरोज दिवाली
उमेर – २२ बर्ष
ठेगान – जिल्ला काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं, ६
हाल – जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. २ नयाँपाटी