काठमाडौँ
जिल्ला दैलेख नारायणन.पा. वडा नं. ७ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. १५ स्वयम्भु बस्ने वर्ष ४२ को गणेश बहादुर सिहंले बुद्धिराम पुनमगर लाई वैदेशिक रोजगारीको लागि तान्जानीया पठाई दिन्छु,आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार भएकोमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निजगणेश बहादुर सिहंको खोजतलास गर्ने क्रममा  जिल्ला काठमाण्डौं सितापाईला चोकबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको काठमाडौँ अपराध अनुसन्धानका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

ठगि गर्ने ब्यक्तिको विवरण
नाम थर :  गणेश बहादुर सिहं
उमेर:  जिल्ला दैलेख नारायण न.पा. वडा नं. ७ स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा – १५
स्वयम्भु ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

16 − sixteen =