काठमाडौं । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। बुधबार राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित समारोहमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले हस्ताक्षर गरेका हुन् ।

उनले संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन आएका राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । राष्ट्रसंघले सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने जनाएको छ।

अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ । खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०÷३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

seven − 4 =