काठमाडौं।
दिउँसै खुँडा प्रयोग गरी बिभत्स हत्यामा दोषी ठहर भई सर्वस्वसहित अदालतबाट जन्मकैदको सजाय पाएका गुण्डा नाइके ‘रिगल’ भनिने योगराज ढकाललाई सरकारले माफी दिएको छ। उनलाई असोज ३ गते संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माफी मिनाहा गरेका हुन्।

२०७२ असार २८ मा बाँकेको नेपालगन्जको व्यस्त सहर धम्बोजी चोकमा गुण्डाहरुको असुलिविरुद्द बोल्दा २८ वर्षीय चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए। मान्छे मारेर सर्वस्वसहित सजाय पाएका गुण्डा नाइकेलाई आम माफी दिएर छुटाएसंगै मृतक परिवार थप
पिडामा परेको छ भने नेपालगंजमा अशान्त हुने खतरा बढेको छ। ढकाललाई व्यक्ति हत्या दोषी अभियोगमा २०७६ फागुन २८ मा उच्च अदालत नेपालगन्जले जन्मकैदको फैसला सुनाएको थियो। जेल जानुअघि नेपाली कांग्रेस निकट तरुण दलका क्षेत्रीय सभापति समेत रहेका ढकाललाई कैद सजायको ५० प्रतिशत भुक्तान नहुँदै कांग्रेस नेताहरूको दबाबमा सरकारले आममाफीका लागि राष्ट्रपतिसमक्ष पठाएको हो । उनलाई आममाफी दिएको विषय अहिले सामाजिक सन्जालमा ब्यापक आलोचना भइरहेका बेला कांग्रेसका नेता–कार्यकर्ताले भने लाजै हुने व्यवहार देखाएका छन् ।

झट्ट हेर्दा प्रधामन्त्री राष्ट्रपतिको सवारी भन्दा पनि धुमधाम र युद्द जितेर फर्किएको जसरि सत्तारुढ दल नेपाली कांग्रेसका कार्यकर्ताले उनको
स्वागत गरेका थिए। बिहीवार बिहान उनी छुट्दा स्वागतका लागि गाडीको ताँती लागेको थियो भने ढकाललाई स्वागत गर्न कारागारको गेटमै तरुण दलका कार्यकर्ताहरू झन्डासहित पुगेका थिए । ढकाललाई दाङदेखि नेपालगन्जसम्म गाडीका लावालस्कर सहित कांग्रेस कार्यकर्ताले स्कर्टिङ गरेर लगेका थिए । यो सबै दृश्य देख्दा लाग्थ्यो उनले ठूलै उपलब्धि गरेर फर्किएका छन तर यथार्थ भने मान्छे मार्ने हत्यारा हुन्। नेपाली राजनीतिको इतिहाँसमै सबैभन्दा लामो बिरासत भएको काँग्रेस अहिले बिस्तारै गुण्डाहरुको संरक्षक र पार्टी बनेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

5 × 1 =