काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव धनश्याम भुसाालले नेपालमा लगानी संरक्षणका लागि राज्यले नीतिगत ग्यारेन्टि आवश्यक भएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले गरिबीका कारण राजनीतिक अस्थिरता, सामाजिक अस्थिरता र द्वन्द्व बढ्दै जाने भन्दै त्यसलाई रोक्न उद्यम क्षेत्रको विकास र संरक्षण आवश्यक भएको बताए।
उनले भने, ‘मुलुकको विकासको कुरा रोजगारी र बेरोजगारी हो । बेरोजगारी भएको स्थानमा राजनीतिक अस्थिरता, सामाजिक अस्थिरता र द्वन्द्व बढ्दै जान्छ । मुलुकले बाटो लिदैँन्, राष्ट्रिय एकता हुदैँन्, जनताको संरक्षण गर्न सक्दैन् र राज्य कमजोर हुन्छ । हामी असफल त छैनौ तर सफल पनि हुन सकेका छैनौ । नेपाली लगानीको संरक्षण गर्ने, नीतिगत ग्यारेन्टि राज्यले नगर्दासम्म उद्यामको कतै विकास हुदैँन् । नेपालको पनि हालत त्यही हो ।’ उनले संविधानमा भनिएको समाजवाद ल्याउने हो भने बाध्यात्मक वैदेशिक रोजगारीका लागि बाहिर गएको देशका युवाहरुलाई देशका फर्किन सक्ने वातावरण सिर्जना गनुपर्ने बताए ।
उनले भने, ‘जुन दिन बाध्यात्मक वैदेशिक रोजगारीका लागि बाहिर गएको हाम्रो छोरा छोरीको अन्तिम पुस्ता नेपालमा फर्किन्छ त्यस दिन समाजवादको एउटा चरण पूरा हुन्छ । त्यो काम गर्ने उद्यमीले हो । यो कुरा राजनीतिले राम्रोसँग बुझ्न सकेन त्यसो भएपछि राज्यले पनि बुझ्न सकेन, उद्यामीको संरक्षण नगरी यो काम हुदैँन् । उर्जा र अरु माध्यमबाट हामीले उद्यमलाई प्रतिस्पर्धी बनाउनु पर्छ, संरक्षण गर्नुपर्छ र उद्याम डुब्दैन् भनेर ग्यारेन्टी गर्नुपर्छ । तर हाम्रा नीति त्यस्तो छैन् ।’