जनकपुर । मधेस प्रदेशमा पनि आज सार्वजनिक बिदा दिइएको छ । मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयले एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।