काठमाडौं । नेपाली बजारमा मंगलबारदेखि सुनको मूल्य निरन्तर ओरालो लागिरहेको छ । नेपाल सुन चाँदी व्यववसायी महासंघका अनुसार मंगलबारदेखि आज शुक्रबार सम्म सुन प्रतितोलामा ४ हजार ४ सय घटेको हो ।

गतमंगलबार छापावाला सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको सुन बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको थियो । त्यस्तै बिहीबार प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको सुनको शुक्रबार प्रतितोला आठ सय रुपैयाँ घटेको हो । योसँगै वितेको चार दिनमा सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेर आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यसैगरी,आज चाँदीको मूल्य भने केही बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

19 − sixteen =