काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट नेपाल आउने भएकी छन् । आइतबार नेपाल आउन लागेकी एमसीसीकी सीईओ अलब्राइटले पाँच दिन काठमाडौंमा विताउने कार्यक्रम रहेको बताइएको छ ।
नेपालमा एमसीसी परियोजना सम्झौतामा हस्ताक्षर भएको ६ वर्षपछि गएको १३ भदौबाट कार्यान्वयनमा गएको छ ।
एमसीसीकी सीईओ एलिस परियोजना कार्यान्वयनमा गएको उपलक्ष्यमा नेपाल आउन लागेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।भ्रमणका क्रममा एमसीसीकी सीईओ एलिसलेनेपाल सरकारका उच्च स्तरिय नेतृत्वसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
एलिसले पाँच दिने नेपाल बसाइको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्रीप्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद,ऊर्जामन्त्री शक्ति बस्नेतलगायत अन्य सरकारी उच्च अधिकारी र शीर्ष राजनीतिक नेतासँग भेतवार्ता गर्नेबताइएको छ ।
एमसीसी परियोजना गत भदौ १३ बाट कार्यान्वयनमा गएपनि ठेक्का प्रक्रिया र जग्गा अधिग्रहण लगायत विषयमा समस्या देखिएको र उक्त समस्या समाधान नभएका कारण यसको कार्यान्वयन प्रक्रिया अन्योलमा परेको छ ।