बुटवल।
बुटवलमा महिलाहरुले सञ्चालन गरेको नारी बहुउद्देशीय सहकारी संस्थाको अध्यक्षमा पुनः गंगा गुरुङलाई चयन गरिएको छ । संस्थाको शनिबार बुटवलमा सम्पन्न २३ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनबाट संस्थाको उपाध्यक्षमा मीना शर्मा, कोषाध्यक्षमा बालकुमारी भण्डारी, सचिवमा गोमादेवी पाण्डे तथा कार्यसािति सदस्य पदमा बिनु श्रेष्ठ, ईन्दिरा कुवँर, लक्ष्मी लाकौल, सुस्मा खनाल र शान्ति गुरुङलाई चयन गरिएको छ । त्यस्तै लेखा समिती संयोजकमा लक्ष्मी पाण्डे तथा सदस्यमा मन गोदार र लक्ष्मी श्रेष्ठलाई चयन गरिएको छ ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सहकारीलाई उत्पादनसंग जोडिन र उत्पादनलाई पहिचानसंग जोड्न आग्रह गर्नुभयो । उहाँले कही सहकारीमा विकृति देखिएको बताउँदै सहकारी नीति भन्दा बाहिर गएर बचत संकलन गर्ने काम नगर्न पनि आग्रह गर्नुभयो । बुटवल उपमहानगरपालिकामा १३६ सहकारी दर्ता भएको जानकारी गराउँदै उहाँले प्रदेश तथा संघमा दर्ता भएका सहकारी बुटवल उपमहानगरपालिकामा पनि सञ्चालन गर्ने भए नगरपालिकामा सुचीकृत हुन आग्रह गर्नुभयो ।
सूचीकृत नभएका सहकारीलाई भाडामा राखेमा घरधनीलाई पनि कारवाही गरिने उहाँले बताउनु भयो । उहाँले संघ र प्रदेशमा दर्ता भएका र बुटवलमा कार्यालय खोलेर वेथिती गर्ने ५ वटा सहकारी कारवाही प्रकृयामा रहेको पनि जानकारी गराउनु भयो । साधारण सभामा संस्थाकी अध्यक्ष गंगा गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष वालकुमारी भण्डारीले प्रस्तुत गरेको आर्थिक तथा लेखा सुपरिवेक्षण समिति संयोजक रिजन श्रेष्ठले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित भएको छ ।
साधारण सभामा इन्द्रेणी बहुउदेश्यीय सहकारीका अध्यक्ष ध्रुवकुमार धिताल, संस्थाकी सल्लाहकार धना लामा, एकता वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सावित्रा टण्डन, आपसी सहकारीकी नन छन्त्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाकी सचिव लक्ष्मी लाकौलको सञ्चालन तथा सदस्य मीना शर्माको स्वागतमा भएको थियो । साधारण सभामा संस्थाका शेयर सदस्य जेष्ठ नागरिक, शेयर सदस्यका सन्तती मध्ये गत एसईई परीक्षामा उत्कृट विद्यार्थी, असल बचतकर्ता तथा उद्यमी महिलालाई सम्मान गरिएको थियो ।