काठमाडौं । निगम सुधारका लागि बनेको दीपेन्द्र बहादुर क्षेत्री नेतृत्वको समितिले नेपाल वायुसेवा निगमलाई सोल्टी होटलको साढे ४ अर्बको सेयर बिक्री गरी नयाँ जहाज खरिद गर्न सुझाव दिइएको छ । सुझाव समितिले आज प्रतिवेदन बुझाउँदै होटलको १ करोड ३ लाख कित्ता सेयर बिक्री गरेर जहाज किन्न सुझाव दिएको हो।

‘निगम नेपाल सरकारको पूर्ण स्वामित्व भएको सार्वजनिक संस्था भएकाले नेपाल सरकारको पूँजी थप गरी आवश्यक मात्रामा जहाज थप गर्नुपर्ने देखिन्छ,’ आइतबार समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ। निगम वर्तमान पूँजी अभाव, ऋण बढी र जहाज अभावको चर्को दाबावमा रहेको निश्कर्ष समितिले निकालेको छ। अध्ययन प्रतिवेदनका अनुसार निगमको सोल्टी होटल लिमिटेडको शेयर कित्ता स्वामित्व संख्या १ करोड ३ लाख ३३ हजार ६९९ छ। जसको अहिलेको बजार मूल्य अनुसार साढे ४ अर्ब रुपैयाँ हुने र सो शेयर बिक्री गरी प्राप्त हुने रकम नयाँ जहाज खरिद गर्न उपयोग सकिने प्रतिवेदनमा उल्लेख छ। नयाँ जहाज खरिदका लागि निगमले विभिन्न शीर्षकमा उठाउनुपर्ने रकम आर्थिक वर्ष २०७८/०७९ सम्म २ अर्ब १९ करोड उपयोग गर्न सकिने बताइएको छ । समितिले नेपाल वायु सेवा निगमलाई विद्युत प्राधिकरणको मोडालिटीमा सञ्चालन गर्न संरचनात्मक सुधारको सुझाव दिँदै जहाज थप गर्नैपर्ने प्रतिवेदन मन्त्रालयमा बुझाएको हो।

पूर्व गभर्नर क्षेत्री संयोजक रहेको समित्मिा चाटर्ड एकाउन्टेन्ट पिउस आनन्द, क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई र साहारा नेउपाने सदस्यरहेको समितिलाई विभिन्न ८ वटा क्षेत्रमा अध्ययनगरी सुधारका लागिसुझाव पेश गर्न भनिएको थियो ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =