काठमाडौं। चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । यहाँ १ दशमलव ४ बिलियन भन्दा बढी मानिस बसोबास गर्छन् । यहाँको आर्थिक बद्धि सुस्त छ । हाल यो देशले बेरोजगारी युवा धेरै छन् र अव्यवस्थित सम्पत्ति बजारसहित धेरै समस्याहरूको सामना गरिरहेको छ ।

देशको भारी ऋण बोकेको रियल इस्टेट विकास कम्पनी एभरग्रान्डका अध्यक्षलाई प्रहरी निगरानीमा राखेएको छ । यस कम्पनीलाई स्टक मार्केटमा निलम्बन गरिएको छ । बेइजिङका लागि यी यी मुद्दाहरू ठूलो टाउको दुखाइको भएको र यसले बाँकी विश्वका लागि कत्तिको फरक पार्छ ? आसन्न विश्वव्यापी प्रकोपका विषयलाई लिएर विश्लेषकहरू चिन्तीत छन् । तर बहुराष्ट्रिय निगमहरू, तिनीहरूका कामदारहरू र चीनसँग प्रत्यक्ष सम्बन्ध नभएका मानिसहरूले पनि कम्तीमा केही प्रभावहरू महसुस गर्ने सम्भावना छ । यद्यपी यो तपाईंमा निर्भर हुन्छ, को हुनुहुन्छ ।

विजेता र हार्नेहरू
‘उदाहरणका लागि यदि चिनियाँहरूले खाजाको लागि बाहिर खान छोड्न थाले भने, के यसले विश्वव्यापी अर्थतन्त्रलाई असर गर्छ ?’ सिङ्गापुरको एशियन ट्रेड सेन्टरका कार्यकारी निर्देशक डेबोरा एल्म्सलाई सोध्दा उनले उत्तर तपार्इंले सोचेको जस्तो छैन, तर यसले निश्चित रूपमा घरेलु चिनियाँ उपभोगमा सीधै भर पर्ने फर्महरूलाई असर गर्छ ।

के चीनको अर्थतन्त्र ‘टिकिङ टाइम बम’ हो ?
एप्पल, फक्सवागन र बर्बेरीजस्ता सयौं ठूला विश्वव्यापी कम्पनीहरूले चीनको विशाल उपभोक्ता बजारबाट आफ्नो धेरै राजस्व प्राप्त गर्छन् र कम खर्च गर्ने घरपरिवारले प्रभावित हुनेछन् । ‘नक–अन’ प्रभावहरू त्यसपछि यी कम्पनीहरूमा भरोसा गर्ने संसारभरका हजारौं आपूर्तिकर्ता र कामदारहरूले महसुस गर्नेछन् । विश्वमा देखिएको वृद्धिमा एक तिहाइभन्दा बढीमा चीन जिम्मेवार छ भनी मान्ने हो भने कुनै पनि प्रकारको मन्दी सिमानाभन्दा बाहिर महसुस गरिनेछ ।

अमेरिकी क्रेडिट रेटिङ एजेन्सी फिचले गत महिना भनेको थियो, ‘चीनको सुस्तताले वैश्विक वृद्धि सम्भावनाहरूमा छाया पारिरहेको छ र सन् २०२४ मा सम्पूर्ण विश्वको लागि यसको पूर्वानुमान घटाएको छ । तर, केही अर्थशास्त्रीहरूका अनुसार चीन विश्वव्यापी समृद्धिको इन्जिन हो भन्ने धारणालाई बढाइचढाइ गरिएको छ । अक्सफोर्ड विश्वविद्यालयको चाइना सेन्टरका अर्थशास्त्री जर्ज म्याग्नस भन्छन्, ‘हो, गणितीय रूपमा चीनले विश्वव्यापी वृद्धिको करिब ४० प्रतिशत हिस्सा ओगटेको छ । तर त्यो बृद्धिले कसलाई फाइदा पु¥याइरहेको छ ? चीनले ठूलो अतिरिक्त व्यापार गर्छ । यसले आयातभन्दा धेरै निर्यात गर्छ, त्यसैले चीनले कति बढाउँछ वा बढाउँदैन त्यो वास्तवमा बाँकी संसारको तुलनामा चीनको लागि बढी हो ।’

यद्यपि, चीनले वस्तु र सेवाहरूमा कम खर्च गर्नुको अर्थ वा घर निर्माणमा कच्चा पदार्थ र वस्तुहरूको कम माग हो । अगस्टमा, देशले गत वर्षको सोही समयको तुलनामा लगभग ९ प्रतिसत कम आयात ग¥यो । जबकी यो अझै शून्य–कोविड प्रतिबन्धअन्तर्गत थियो । सिड्नीको लोवी इन्स्टिच्युटको इन्डो–प्यासिफिक विकास केन्द्रका निर्देशक रोलान्ड राजा भन्छन्, ‘अष्ट्रेलिया, ब्राजिल र अफ्रिकाका धेरै देशहरूजस्ता ठूला निर्यातकर्ताहरू यसबाट सबैभन्दा बढी प्रभावित हुनेछन् ।’

किन चीनमा मूल्य घट्दा चिन्ता बढ्छ ?
चीनमा कमजोर मागको अर्थ त्यहाँको मूल्य कम रहनु हो । पश्चिमी उपभोक्ताको दृष्टिकोणमा यो बढ्दो मूल्यहरू रोक्नको लागि स्वागतयोग्य तरिका हो, त्यसले अरु थप ब्याजका दरहरू बढाउँदैन । राजा भन्छन्, ‘उच्च मुद्रास्फीतिको सामना गर्न सङ्घर्ष गरिरहेका मानिसहरू र व्यवसायहरूका लागि यो राम्रो समाचार हो, त्यसैले छोटो अवधिमा चीनको सुस्तताबाट आम उपभोक्ताले फाइदा लिन सक्छन् । तर विकासशील विश्वका मानिसहरूका लागि दीर्घकालीन प्रश्नहरू छन् ।’

विगत १० वर्षमा चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ भनिने ठूला पूर्वाधार परियोजनाहरूमा एक ट्रिलियन डलरभन्दा बढी लगानी गरेको छ । सडक, विमानस्थल, बन्दरगाह र पुल निर्माणका लागि १५० भन्दा बढी देशले चिनियाँ पैसा र प्रविधि प्राप्त गरेका छन् । राजाका अनुसार घरमै आर्थिक समस्या रहिरह्यो भने यी आयोजनाप्रति चिनियाँ प्रतिबद्धताले असर पर्न सक्छ । उनका अनुसार विदेशमा पैसा पठाउनका लागि अब चिनियाँ फर्महरू र बैंकहरूसँग पर्याप्त हुनेछैन ।

विश्वमा चीन
विदेशमा चिनियाँ लगानी घट्ने सम्भावना भए पनि चीनको आन्तरिक आर्थिक अवस्थाले विदेश नीतिलाई कसरी असर गर्छ भन्ने स्पष्ट छैन । चीन धेरै कमजोर भए अमेरिकासँग बिग्रिएको सम्बन्ध सुधार गर्न सक्छ । अमेरिकी व्यापार प्रतिबन्धले आंशिक रूपमा यस वर्षको पहिलो आधामा अमेरिकामा चिनियाँ निर्यातमा २५ प्रतिसत गिरावटमा बल पु¥याएको छ, जबकी अमेरिकी व्यापार सचिव जीना रेमन्डोले हालै केही अमेरिकी फर्महरूको लागि चीन लगानीका लागि अयोग्य देश हुने बताए । तर चीनको दृष्टिकोण नरम हुँदै गएको भन्ने कुनै प्रमाण छैन । बेइजिङले आफ्नै प्रतिबन्धहरूको साथ बदला लिन जारी राखिरहेको छ । बारम्बार पश्चिमी देशहरूको शीत युद्धको मानसिकतालाई ध्वस्त पार्छ र रुसको भ्लादिमिर पुटिन र सिरियाका बाशर अल–असदजस्ता स्वीकृत शासनका अधिनायकवादी नेताहरूसँग राम्रो सम्बन्ध राखेको देखिन्छ ।

त्यही समय द्विपक्षीय व्यापारमा वार्ता जारी राख्न अमेरिका र ईयूका अधिकारीहरूका एक समूहले प्रत्येक महिना चीन भ्रमण जारी राखेको हुन्छ । सत्य यो हो केहीलाई मात्र थाहा छ कि चिनियाँ भनाइ र चिनियाँ नीतिबीच के भनेर । यस अनिश्चितताको सबैभन्दा चरम बुझाइमध्ये वाशिंगटनका पर्यवेक्षकको हकिसले चिनियाँ अर्थतन्त्रमा मन्दीको असर उसले ताइवानसँग कसरी व्यवहार गर्छ भन्नेमा निर्भर रहन्छ । बेइजिङले ताइवानलाई आफ्नै क्षेत्रको स्वशासित टापुका रूपमा दाबी गर्छ । रिपब्लिकन कांग्रेसका सदस्य, चीनमा अमेरिकी हाउस चयन समितिका अध्यक्ष माइक गालाघरले भने महिनाको सुरु भनेका छन्, ‘चीनका नेता सी जिनपिङलाई आन्तरिक समस्याको कम अनुमान गर्न सक्ने बनाइरहेको छ र उसलाई ताइवानको सम्बन्धमा धेरै मूर्ख बनाएको हुन सक्छ ।

राजाहले तर्क गरे जस्तै अब चीनको आर्थिक चमत्कार समाप्त हुन्छ, तब कम्युनिष्ट पार्टीको प्रतिक्रिया वास्तवमा धेरै परिणामकारी साबित हुन सक्छ । तथापि, यस धारणालाई खारेज गर्नेहरू धेरै छन्, जसमा अमेरिकी राष्ट्रपति जो वाइडेन पनि छन् । यस सम्भावनाको बारेमा सोध्दा उनले भने, ‘हाल सीलाई देशको आर्थिक समस्याहरूको सामना गर्न भारी परेको छ । मलाई लाग्दैन कि यसले चीनलाई ताइवानमा आक्रमण गर्न बाध्य पार्छ ।’

अप्रत्याशितको अपेक्षा गर्नुहोस्
तर, इतिहासबाट सिक्नुपर्ने एउटा पाठ छ भने त्यो अप्रत्याशितको अपेक्षा गर्नु हो । एल्म्सले औंल्याए जस्तै सन् २००८ भन्दा पहिले थोरै मानिसहरूले लस भेगासमा सबप्राइम मोर्टगेजले विश्वव्यापी अर्थतन्त्रमा झट्का दिनेछन् भन्ने अनुमान गरेका थिए । सन् २००८ को प्रतिक्रियाले केही विश्लेषकहरूलाई ‘वित्तीय संक्रमण’ भनेर चिनिने विषयमा चिन्ति बनाएको थियो । यसमा चीनको सम्पत्ति संकटको दुःस्वप्न परिदृश्य समावेश भएको छ । जसले चिनियाँ अर्थतन्त्रमा पूर्ण रूपमा ध्वस्त पार्छ र विश्वभर वित्तीय मन्दी निम्त्याउँछ ।
चीनको आर्थिक समस्याले विश्वका लागि के अर्थ राख्छ रु

Submit a Comment

Your email address will not be published. Required fields are marked *

9 − 6 =