काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँ तय गरेको छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले मूल्य घटेर प्रतितोला १३ सय १० रुपैयाँ तोकिएको छ ।
सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ कायम थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

19 − six =