काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालगञ्ज लगायत देशमा विभिन्न क्षेत्रमा फैलिएको धार्मिक विवादतर्फ सचेत हुन आग्रह गर्दै राष्ट्रिय एकता जोगाउन आह्वान गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुमार्फत ओलीले नेपालगञ्ज लगायत देशका विभिन्न स्थानमा देखिएको धार्मिक विवादको कारण राष्ट्रिय एकता कमजोर बनेको भन्दै राष्ट्रिय एकता जोगाउन आग्रह गरे । ‘पछिल्लो समय धार्मिक विवादमा नेपालगञ्ज लगायत विभिन्न भागमा फैलिएको अशान्तिले सहिष्णुताको हाम्रो राष्ट्रिय धर्म कमजोर बन्न पुगेको छ। एक आपसमा धार्मिक आस्थाको सम्मान गरौं । हाम्रो राष्ट्रिय एकता जोगाआंैं’ओलीले लेखेका छन् ।
ओलीले नेपाली समाजमा रहेको विविधताबीचको एकतानै नेपाली समाजको मुख्य विशेषता भएको उल्लेख गर्दै त्यो सहिष्णुता र आस्थामाथि एक अर्कोले सम्मान गर्नुपर्ने धारणा राखेका छन् । उनले लेखेका छन्,‘हाम्रो समाजको मुख्यविशेषताविविधताबीचको एकता र आपसी सहिष्णुता हो। एउटाको आस्था माथि अर्कोले सम्मान गर्नु हाम्रो साझा राष्ट्रिय धर्म हो । सबै धर्म र अस्थाहरु नेपाल भूमिमा सधैं संरक्षित हुँदै आएका छन्।’