काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ । राष्ट्र बैंकका अनुसार दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुने छ ।

राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइने छ । बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ग्राहकको संख्या र संस्थाको मागअनुसार नयाँ नोट उपलब्ध गराउने तयारी गरेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =