काठमाडौं । जनकपुर बिगमार्टमा राति आगलागी भएको छ । जसमा करोडौँ मूल्य बराबरको क्षति भएको छ । जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् आगो लागेको हो ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ भने घरमा पनि क्षति पुगेको छ। जनकपुरधाम उपमहानगरपालिका लगायत अन्य पालिकाको वारुणयन्त्र,नेपाल प्रहरी, स्थानीय लगायतको सहयोगमा बिहान मात्रै आगो नियन्त्रण आएको थियो ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

four + twelve =