धादिङ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालैमात्र “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा नेपाल स्वयंसेवी रक्तदाता समाज धादिङ जिल्ला शाखाद्वारा महादेवबेसी थाँक्रे गाउँपालिकामा बिशेष रक्तदान कार्यक्रम एक समारोह बीच सम्पन्न भएको छ ।

प्रमुख उपस्थिति जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालैमात्र “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले नेपाल स्वयंसेवी रक्तदाता समाज धादिङ जिल्ला शाखाका अध्यक्ष सुयेश बिक्रम रानालाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे समापन गरेका थिए ।

सुजन थापाकाे संयाेजनमा आयाेजित साे कार्यक्रममा सभापति नेपाल स्वयंसेवी रक्तदाता समाज धादिङ जिल्ला शाखाका अध्यक्ष सुयेश बिक्रम राना थिए भने विशेष उपस्थितिमा क्रमशः थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य,थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा,जिल्ला उसु संघका अध्यक्ष निराणु लामा, थाक्रे गाउँपालिका वडा ६ का वडा अध्यक्ष हिराबहादुर थापा,थाक्रे गाउँपालिका वडा ७ का वडा अध्यक्ष युवराज खतिवडा,नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य ध्रुब रूपाखेती र जिल्ला ट्रिपर संघका अध्यक्ष कृष्ण पन्त रहेका थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालैमात्र “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्त नायक”बाट बिभूषित सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले स्वयंसेवी रक्तदाताहरूलाई “प्रशंंसा-पत्र” बितरण गरिएको साे कार्यक्रमकाे सञ्चालन रामचन्द्र रूपाखेतीले गरेका थिए। कार्यक्रमका सभापति एवं नेपाल स्वयंसेवी रक्तदता समाज धादिङ जिल्ला शाखाका अध्यक्ष सुयेश बिक्रम रानाका समेत गरि उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५३ जनाले रक्तदान गरेको साे कार्यक्रमका आयाेजक नेपाल स्वयंसेवी रक्तदाता समाज धादिङ जिल्ला शाखालाई सम्मान स्वरूप नेपाल रेडक्रस साेसाईटी केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले “धन्यवाद-पत्र” प्रदान गरेका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

9 + twenty =