काठमाडौं । पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रविधिसँग जोडिएर पत्रकारिता गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नयाँ प्रविधिको माध्यमबाट उन्नत पत्रकारिता तालिम समापन कार्यक्रममा उनले आफूलाई अब्बल बनाउनको लागि प्रविधिमैत्री पत्रकारिता गर्नु आवश्यक भएको बताएका हुन् ।

उनले भने,‘पत्रकारिताको मूल धारमा महिलाहरुको सशक्त उपस्थिति आवश्यक छ। त्यसले वास्तविक चरित्र देखाउन सकिन्छ । प्रविधिमैत्री पत्रकारिता गर्नुपर्छ । प्रविधिसँग जोडिएर गरेको पत्रकारिताले मात्रै आफूलाई अब्बल बनाउन सकिन्छ ।’

एजेन्डा सिङगो समाजको हुन्छ र त्यसलाई राज्यले स्थापना गर्ने हो भन्ने कुरा बुझाउन आवश्यक भएको उनको भनाई छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

five × three =