काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ। आगामी असोज २६ गते नेपाल आउने कार्यक्रम तय गरेका गुटेरसको भ्रमण तत्कालकाला गिस्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्।

उनले भनिन् ‘एसियामा पछिल्लो समय विकसित घटनाक्रमलाई हेरेर तत्कालका लागि भ्रमण नहुने जानकारी आएको हो । चाँडै उहाँको भ्रमण हुनेछ । ’ तीन दिने नेपाल भ्रमणका क्रममा उनले संघीय संसद्मालाई सम्बोधन गर्नुका साथै लुम्बिनी र पोखरा जाने कार्यक्रमपनि तय भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्ड बाहेक राष्ट्रसंघका ६ पूर्व महासचिवले नेपालको भ्रमण गरेका छन्।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

four − 2 =