काठमाडौं। राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना नबनाई सञ्चालक समितिको एकल निणर्य गर्नाले र संवेदनशील निर्णयहरुमा समेत सदस्यहरुलाई बाइपास गरेकाले संस्थामा थप समस्या आइरहेको उनले बताए । राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा सहकारीको आन्तरिक नियन्त्रण प्रणाली विकास र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले संस्थाको वित्तीय स्वस्थताका साथै सबलिकरणमा पहिला संस्थाभित्रको जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनको जोड छ ।
यसका लागि संस्थाले नियमित कार्य योजना बनाई कामकारबाही गर्नुपर्ने समेत उनले बताए। ‘संस्थाको लक्ष्य प्राप्त गर्नको लागि जवाफदेहिता,कार्यकुशलता,मितव्ययिता, ऐन नियमको परिपालना,विश्वसनियता जस्ता विषयहरु अपरिहार्य छन्’ उनले भने, ‘सहकारीमा आन्तरिक लेखा प्रणाली कमजोर हुनुमा सञ्चालक समिति बढी जिम्मेवार छन् । लेखा समिति,व्यवस्थापन, लेखा अभिलेख, बजेटको पूर्ण पालना, स्रोत र साधनको व्यवस्थापन गर्न समितिलाई सञ्चालकले सहयोग गर्नुपर्ने उनको भनाई छ । सहकारी संस्थाभित्रका लेखा सुपरिवेक्षणले सञ्चालक समितिले गरेको निणर्य, तथा आर्थिक क्रियाकलापलाई निरन्तर रुपमा अनुगमन गर्न पर्नेमा उनले जोेड दिए ।
सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई संस्थाका गतिविधिहरु सम्बन्धी सूचना समयमा नै उपलब्ध गराउन पर्ने हुन्छ । उनले भने, आगामी बाटो सञ्चालक समितिको भूमिका, लेखा समिति, कर्मचारीलाई संस्थाको आन्तिरक नीति तथा कार्यविधिले तोकिएको जिम्मेवारी हस्तक्षपबिनापूर्ण गर्नपर्ने हुन्छ ।सहकारी संस्थालाई दीगो र विश्वसनियता संस्थाभित्रका सबै पक्षको समन्वय बनाउन पर्ने हुन्छ ।
संस्थामा सञ्चालक तथा लेखा समितिको योग्यता, सदस्यको बीमा,एका घरको व्यक्तिलाई सञ्चालकमा राख्ने र व्यवस्थापनको नेतृत्वमा आफू अनुकुल व्यक्तीलाई नियुक्ति गर्दा समस्या निम्तेको उनको बुझाई छ ।