काठमाडौं ।
राज्यको राजस्वको प्रमुख स्रोत थियो, मालपोत र यातायात कार्यालय । यी कार्यालय वरपर सटर पाउन होडबाजी चल्थ्यो । सानो सटरको लाखौं रुपैयाँ तिर्छु भन्दा समेत मालपोत र यातायात कार्यालय वरपर सटर पाउन मुस्किल हुन्थ्यो । यो कुरा हो करिब दुई वर्ष अगाडिको । तर, पछिल्लो समय मालपोत र यातायात कार्यालय वरपर प्रशस्तै खाली सटर भेटिन्छन् । त्यस्तै, कोठा, फ्रयाल्ट पनि त्यत्तिकै खाली छ । दुई वर्षअघि मालपोत र यातायात कार्यालयमा जग्गा किन्ने तथा सवारीसाधन दर्ता तथा नामसारी गर्नेको लर्को हुन्थ्यो । खुट्टा टेक्ने समेत ठाउँ हुदैँन थियो । काठमाडौं उपत्यकालगायत मुलुकभरका मालपोत र यातायात कार्यालय भीडभाडले थेगिनसक्नु हुन्थ्यो । अहिले मालपोत र यातायात कार्यालय सुनसान छ ।

मालपोत र यातायात कार्यालयको अवस्थाबाटै बजारमा घरजग्गा र गाडीको किनबेचमा मन्दी छाएको थाहा पाइन्छ । सरकारले जग्गाको कारोबार बढ्छ भनेर कित्ताकाट त फुकुवा गर्यो । तर, कारोबार भने बढेन । तीन दशकअघि आनाको पाँच हजार नपर्ने खेतीयोग्य जमिन दलालीहरुले खण्डीकरण गरेर आनाकै ८५ लाखसम्ममा बेचे । त्यो ८५ लाख आनामा जग्गा किन्नेहरुलाई अहिले मर्नु कि बाँच्नु भइरहेको छ । पैसा खाँचो परेर, आपत परेर वा बिरामी भएर त्यँही जग्गा सस्तोमा बेच्छु भन्दा समेत किन्ने कोही छैन । घरजग्गामा लगानी गर्ने व्यक्ति त डुबि नै हाले सँगै सहकारी र बैंक तथा वित्तिय संस्था पनि नाजुक अवस्थामा पुगेको छ । सयौं वर्षअघि यो जमिन यँही थियो । तर, त्यतिखेर हजार रुपैयाँ रोपनीमा समेत बिक्री हुदैँन थियो । केही वर्षअघिदेखि दलालीहरुले खेतीयोग्य जमिन तथा खेत, बारी प्लानिङ वा खण्डीकरण गरेर आनाकै लाखौं रुपैयाँमा बेचे । यसले गर्दा एकातिर खेतीयोग्य जािन मास्यो, अर्कातर्फ यसमा लगानी गर्नेहरुको बिल्लीबाँठ हुनपुग्यो ।
घरजग्गामा खुबै फाइदा हुन्छ भनेर राजनीतिक दलका नेतादेखि सरकारी कर्मचारी, व्यापारी र आम सर्वसाधारणको यसमा ओइरो लाग्यो । घरजग्गा किन्ने र बेच्ने दुवै मालपोत कार्यालय जान्थे । सँगै परिवार र आफन्तजन पनि मालपोत कार्यालयमै जान्थे । जसले गर्दा मालपोत कार्यालय वरपरका पसललाई भ्याईनभ्याई हुन्थ्यो ।

उनीहरुलाई बस्ने समेत फुसर्द हुदैँन थियो । तर, घरजग्गाको कारोबारमा मन्दी आएपछि वा मालपोत कार्यालय सुनसान भएपछि कानून व्यवसायीदेखि व्यापारीहरुको समेत आम्दानीमा गिरावट आएको छ । सटर, कोठा र फ्रल्याट पनि खाली हुन पुग्यो । मालपोत कार्यालय वपरका घरधनीहरुले एउटा सटरको मासिक भाडा २५ हजारदेखि ११ लाखसम्म लिन्थे । एक फ्रल्याट ३० हजारदेखि २ लाख र एउटा कोठाको १० हजारदेखि २० हजारसम्म लिन्थे । त्यस्तै, खाली सटर ५ लाखदेखि ५० लाखसम्ममा खरिदबिक्री हुन्थ्यो । छ महिनाको भाडा सुरुमै उठाइन्थ्यो । मालपोत कार्यालय वरपरका घर किन्न पाए मासिक यति धेरै भाडा आउँछ र जग्गाको मूल्य पनि बढिरहन्छ भनेर मानिसहरुको ओइरो लाग्थ्यो । तर, मालपोत कार्यालय वरपरका घरधनीहरु अहिले टाउकोमा हात समातेर रुएर बसेका छन् । न घर बेच्छु भन्दा किन्ने मान्छे नै पाइन्छ न सटर र कोठा नै भाडामा जान्छ ।

मालपोत कार्यालय वरपर सटर लिएर व्यापारी गर्दै आइरहेका अधिंकाशले त भाडा तिर्न नसकेर छोडिहाले तर जसोतसो चलाइरहेकाहरु पनि कहिलेकाँही त बहनी पनि नहुने बताउँछन् । वर्षमा छ महिना पानी पर्छ, छ महिना हिउँद हुन्छ । दलालीहरुले जग्गाको मूल्य बढिरहन्छ र सोझासाझीलाई ठगिरहन पाइन्छ भनेर सोचेका थिए । सरकारले आनाको एक लाख निर्धारण गरेको जग्गा लाखदेखि करोडसम्ममा बेचे । यता, आनाको ६० लाख हालेर किन्नेले ८० लाखमा बेच्छु भनेर किनेको थियो । अहिले ८० लाखको त कुरै छोडौं, पाँच लाख समेत नआउने अवस्था आएको छ । महंगोमा जग्गा किन्ने त डुबि नै हाल्यो सँगै दलालीहरुको काम पनि सुक्यो । कुनै बेला पानी समेत महंगो होटल, रेस्टुरेन्ट गएर खाने जग्गा दलालीहरु आज दिनरात नै भट्टी पसलमा बिताउँछन् । मानिसहरुले जग्गा किने । त्यँही जग्गामा महँगा महँगा ईट्टा, ढुंगा, सिमेन्ट, फलाम, सिसा, मार्बल हालेर घर बनाए । उनीहरुको सोच थियो, यो घर चार÷पाँच करोडमा त सजिलै बिक्री हुन्छ ।
तर, अहिले बैंकबाट लिएको कर्जा तिर्न नसकेर त्यहँी घर एक÷दुई करोडमा बेच्छुभन्दा समेत किन्ने कोही छैन । करोडौं लगानी गरेर बनाएको घर आज बैंकले लाखमै पचाइदिने भएको छ । फेरि बैंकले लिलाम गरेको त्यो घरजग्गा पनि किन्ने कोही छैन । पछिल्लो समय बजारमा धेरै सटर, कोठा र फ्रल्याट खाली भइसकेका छन् । खुलेका सटरहरुमा पनि व्यापार छैन । व्यापारीहरुको अनुहारमा निराशा छाएको छ । घरजग्गामा मन्दी आउँछ र यसको मूल्य घट्छ भनेर न सरकारले सोचेको थियो न जनताले ।

सहकारी त डुबेर भागिहाले । बैंक पनि टाट पल्टिने अवस्थामा छ । अहिले घरजग्गा धितो राखेर बैंकबाट ऋण लिनेको मात्र रुवाबासी भएको छैन । बैंक तथा वित्तिय संस्थामा पनि समस्या निम्तिएको छ । घरजग्गा किन्ने कोही छैन, बेच्ने भने पाइलेपिच्छे छन् । अहिले न कोठा, फ्रल्याट र सटर नै भाडामा जान्छ न त घर नै बिक्री हुन्छ । मानिसहरुको लागि घर घाँडो भएको छ । दुई वर्षअघि एउटै मालपोत कार्यालयबाट एक दिनमा घरजग्गा नामसारीबाट अर्बो राजस्व उठ्थ्यो । तर, अहिले लाख समेत उठ्दैँन । बच्चादेखि बुढासम्मले घरजग्गामा मन्दी आएको र यसको मूल्य अब बढ्दैन भनेर थाहा पाएका छन् । बजारमा पाँच सय र हजारको नोट हाहाकार भइसकेको छ । व्यक्तिहरुले आआफ्नो घरमा पैसा लुकाएका छन् । घरजग्गामा लगानी गर्नेहरुको त रुवाबासी भयो नै सेयरमा समेत त्यस्तै हुन पुग्यो । हिजो बैंकले सय रपैयाँ कित्तामा निष्काशन गरेको सेयर दलालीहरुले सर्वसाधारणलाई चार हजारमा समेत बेचे । चार हजारमा किनेको सेयर सय रुपैयाँमा बिक्री नहुने अवस्था आएको छ ।

भारतमा दुई लाखमा बनेको गाडी व्यापारीहरुले नेपाल ल्याएर २० लाखसम्ममा बेचे । त्यो २० लाखको गाडी अहिले लाख रुपैयाँमा बिक्री हुदैँन । सर्वसाधारण जनताको होस् या बैंक तथा वित्तिय संस्था सबैको लगानी घरजग्गा, गाडी र सेयरमै छ । यो तीन क्षेत्रमा भने मन्दी आएको छ । यसको कारोबार घट्दै गएको छ भने राज्यको ढुकुटी रित्तिदै गएको छ । जमिनभित्रको पानी मूल फुटेर बाहिर आएपछि मानिसदेखि पशुपन्छी तथा वन्यजन्तुले त्यसको उपयोग गर्छ । तर, मूल नै बन्द गरिदिएपछि त्यहाँबाट न पानी आउँछ न त्यसको उपभोग गर्न मिल्छ । त्यसरी नै पछिल्लो समय घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी आएपछि राज्य राजस्वविहीन भएको छ । नेपालका अर्थविद्, विज्ञहरुले जनताले तिरेको करबाट आर्मी पाल्न सकिदैँन भनेर आवाज उठाउन थालिसकेका छन् । त्यस्तै, सरकारी कर्मचारी र जनप्रतिनिधिहरुको तलबभत्ता, पेन्सन र सेवासुविधा पनि कटौती गर्नुपर्छ । अहिले नै सरकार सरकारी खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । जनताले तिरेको करबाट सरकारी खर्च धान्न समेत हम्मेहम्मे परेको छ ।

विकासनिर्माणको त कुरै नगरौं । प्रत्येक नेपालीको टाउकोमा विदेशी ऋण ९० हजार पुगेको छ । अझै पनि जनता हामी यो पार्टीको नेता तथा कार्यकर्ता भनेर हिडिँरहेका छन् । राजनीतिक दलका नेता र सरकारी कर्मचारीहरु जनता र सञ्चारकर्मीलाई भ्रममा पारेर जनताले तिरेको करमा मोजमस्ती गरिरहेका छन् । तर, यीनीहरुले देश विदेशीलाई बेचिसके भनेर सर्वसाधारणलाई थाहा छैन । पढेलेखेका जनता राजनीतिक पार्टीको झोला बोकिरहेका छन् अनि नपढेका जनता कामको खोजीमा खाडी मुलुक वा गाउँघरमै खेतीपाती गरिरहेका छन् । २०४६ सालपछाडिका सरकारी कर्मचारी, राजनीतिक दलका नेता, व्यापारी तथा व्यवसायीहरुको सम्पत्ति छानबिन गरे उनीहरु सबै जना जेल जाने छन् । ०४६ सालअघि नेपालमा सार्वजनिक तथा सरकारी जग्गा, गुठी जग्गा, ताल, पोखरी, पार्टीपौवा, चौतारा धेरै थियो । तर, सरकारी कर्मचारी, राजनीतिक दलका नेता, व्यापारी र कानून व्यवसायीहरुको मिलेमत्तोमा यो सरकारी जग्गा व्यक्तिको नाममा लगियो । अहिले कतै पार्टीपौवा छैन । बुढाबुढीलाई बस्नका लागि चौतारा छैन न त खाली ठाउँ नै छ । दाउरा, सुरुवाल, कोट र ढाका टोपी तथा साडी, चोलो नेपालीको राष्ट्रिय पोसाक हो ।

तर, यहाँ त १७ हजार नेपाली जनता मार्ने प्रधानमन्त्री प्रचण्ड र ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने भाटभटेनीका साहु मिनबहादुर गुरुङ पनि दाउरा, सुरुवाल, कोट र ढाका टोपी लगाउने । यसले गर्दा हाम्रो राष्ट्रिय पोसाककै अपमान भएको छ । तर, आफ्नो गैरकानूनी काम लुकाउन सार्वजनिक काम गरेजस्तो गर्ने अनि राष्ट्रिय पोसाक लगाउने । यो हो अहिले दलालीहरुको जनता र राष्ट्र लुट्ने नयाँ योजना । यस्ता दलालहरुलाई कहिले जनताले लखेट्ने, कहिले राष्ट्रबाट भगाउने ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

19 − 2 =