काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आज घर घरमा घटस्थापना गरी प्रारम्भ हुँदैछ । हिन्दु धर्मावलम्बीले आफ्ना पूजा कोठा वा दशैं घरमा विधिपुर्वक दियो कलश र गणेशको पूजा गरी जौं वा मकै रोपेर जमरा राखी दुर्गा भवानीको आराधाना आरम्भ गरेसँगै नौरथा सुरु हुन्छ।

नेपाल संञ्चाङ्ग निर्णयक समितिले यो वर्ष ११ बजेर २९ मिनेटमा घडा स्थापनको उत्तम साइत रहेको जनाएको छ । सो साइतमा घरघरमा वा दशैं घरमा घटस्थापना गरेपछि बडादशैं प्रारम्भ भएको हुन्छ ।आज विधिवत रुपमा चोखोनिधो गरी दशैं घर वा पूजाकोठामा चोखो बालुवा या माटोमाथि जौ,वा मकै छरेर जमरा राखिन्छ । भगवान श्री रामचन्द्रले रावणमाथी विजय हासिल गर्ने उदेश्यले शक्तिप्राप्तीका लागी शक्तिस्वरुपा भगवतीको आह्वान गरेको सम्झनामा हिन्दुधर्मावलम्बीहरु आज घटस्थापना गर्ने गर्दछन् ।जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जौ छरेर जमरा उमार्ने र आज रोपेको जमरा विजया दशमीका दिन मान्यजनहरुबाट टीका ग्रहण गर्दा लगाईन्छ ।

दशैंको टिका लगाउँदा समृद्धिको प्रतिकको रुपमा पहेँलो जमरालाई प्रयोग गरिन्छ । घटस्थापनाको उपलक्ष्यमा आज हनुमान ढोका दरबारमा रहेको दशंैघरमा वैदिक बिधिपुर्वक जमरा राखी महाकाली, महालक्ष्मी,महासरस्वती लगतायत नवदुर्गा र अन्यशक्तिपिठहरुमा नवरात्रीको पुजाको शु्भारम्भ हुन्छ । नवरात्रीभर घर तथा भगवतीका मन्दिरमा चण्डी र भगवती स्तोत्र पाठ गर्ने, दुर्गा सप्तशती चण्डी, श्रीमद्भागवत गीता ,देवी स्तोत्रहरुको पाठ गर्ने प्रचलन छ ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, पलाञ्चोक भगवती,नाला भगवती, मनकामना, छिन्नमस्तालगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्न भक्तजनको भिड लाग्छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

14 − five =