बिराटनगर

एभरेष्ट बैंक कर्मचारी संगठनले आउदै गरेकाे विजया दशमी, दिपावली, नेपाल सम्वत तथा छठ  पर्वकाे  पावन अवसरमा शुभकामना आदान्  प्रदान कार्यक्रम काेशी प्रदेशका कर्मचारीहरु माझ माेरङ जिल्ला काे विराटचाेकमा सम्पन्न भएको थियो  ।


कार्यक्रम एभरेष्ट बैंक कर्मचारी संगठनका अध्यक्ष परशुराम सुवेदीकाे सभापतित्व तथा एभरेष्ट बैँक लि. काेशी प्रदेश प्रमुख जनक चापागाईंकाे प्रमुख आतिथ्यतामा  सम्पन्न भएकाे हो । कर्मचारी सङ्गठनले प्रत्येक वर्ष विजया दशमी, दीपावली, नेपाल सम्बत र छठ को उपलक्षमा बैङ्कको सातै वटा प्रदेश मा कर्मचारी बीचमा शुभकामना आदान प्रदान, चिनजान, भाईचाराको सम्बन्ध कायम गर्ने प्रयोजनका लागि संगठनले यस्ता कार्यक्रम गर्दै आएको संगठनका अध्यक्ष सुवेदीले बताए। कार्यक्रममा संगठनका पदाधिकारीहरु, सदस्यहरु, पत्रकारहरु, बैंकका कर्मचारीहरु लगायत शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै सुवेदीले चाडपर्वले नेपालीहरुमा एकता र भाइचाराको विकास गर्ने विश्वास व्यक्त गरे । चियापान र शुभकामना आदान प्रदान कार्यक्रम सवै पक्ष संग मेलमिलाप र सहकार्यको सन्देश दिने उद्देश्यका साथ आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए।

एभरेष्ट बैक लिमिटेडकाे २९ औं  वार्षिकाेत्सबकाे अवसरमा काेशी प्रदेश स्तरीय अन्तर शाखा फुट्सल तथा व्याडमिन्टन प्रतियाेगिता सम्पन्न पनि भएकाे थियो ।
बैंककाे प्रदेश कार्यालय विराटनगरकाे संयाेजकत्वमा सम्पन्न उक्त कार्यक्रममा फुट्सलतर्फ ६ वटा टिम र व्याडमिन्टन तर्फ ८ वटा टिम सहभागी भएका थिए  । उक्त प्रतियाेगितामा फुट्सल तर्फ पथरी र धरान शाखाकाे संयुक्त टिम र व्याड्मिन्टन तर्फ विर्तामाेडका कृष्णप्रसाद आचार्य र यज्ञप्रसाद गाैतमकाे जाेडीले विजय हासिल गरेका थियो  ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

2 × 2 =