काठमाडौं । नेपाल टेलिकमले दशैं अफर अन्तर्गत सहुलियत दरका डेटा र भ्वाइस प्याकसहित रिचार्ज अन बोनस उपलब्ध गराउने भएको छ । दशैंका लागि यो अफर आज असोज २८ देखि प्रारम्भ भएको छ । र आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुने छ । अफर अन्तर्गत रु. ४९ मा एक दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुने छ ।
त्यसैगरी रु. ९८ मा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक उपलब्ध हुने छ भने रु. १९९ मा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डेटाप्याक, रु. २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटाप्याक र रु. ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डेटा प्याक उपलब्ध हुने छ । सोही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिए मामासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा रहेको छ ।
त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डेटाप्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डेटा उपलब्ध हुने छ ।
त्यसैगरी रु. ५०० र सोभन्दाबढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनचलाउन सकिने गरी ८ जीबी डेटा उपलब्ध हुनेछ ।
त्यस्तैगरी कम्पनीले रु. ११९९ मा सजिलो अनलिमिटेड प्याकेज उपलब्ध गराउने भएको छ । यसअघि यो प्याकेजको शुल्क रु. १४९९ थियो ।यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटाअल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डेटाउपलब्धहुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुने छ ।