गोरखा । गोरखा दरबारमा ३ पाथी जौको जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेट जादागोरखादरबार स्थित गोरखकाली मन्दिरको गर्भ गृहमा ९ माना, त्यस्तै गोरखनाथगुफा र उपल्लोकोटको बज्रभैरब मन्दिरमाजमरा राखेको हो। यस अघि बिहान गोरखा दरबारको केलाश कोठाबाट गोरखकाली मन्दिर गर्भ गृहमा भगवती सारिएको थियो ।
बडादशै नवरात्रीको अवधिभर गोरखा दरबार परिसरमा रहेको गोरखकाली मन्दिर सहित विभिन्न शक्तिपीठहरुमा बिशेष पुजाहुने गर्दछ ।