काठमाण्डौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक क्षेत्रिय सहसंयोजकमा युवा डा. विमल सुवेदीले उम्मेदवारी दिने भएको छन् । कास्की घर भई लामो समयदेखि दक्षिण कोरियालाई कर्मथलो बनाउँदै आएको सुवेदीले आसन्न निर्वाचनमा प्यासिफिक क्षेत्रिय सहसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

‘सेवा, सहजीकरण, अभिमुखीकरण’ भन्ने मूल नाराका साथ उम्मेदवारी घोषणा गरेका उनले आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । आफुले नेतृत्व गर्न पाएको खण्डमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको हकहितको संरक्षणका साथै बृद्धिविकासमा आवश्यक योजना बनाई कार्वान्वयन गर्ने कुरामा आफु दृृढ रहेको उनी बताउँछन् ।
यस्तो छ उनको प्रतिवद्धता सेवा:
भाषा: नेपाली र स्थानीय भाषा कक्षा र सास्कृतिक आदानप्रदान, नेपाल सरकार संगको समन्वयमा राजदुतवासमा स्थानीय भाषा बोल्ने कर्मचारीको व्यवस्थापनमा समन्वय र नीतिगत परिवर्तन

स्वास्थ्य:
नेपालका बिभिन्न स्वास्थ्य संस्था संगको समन्वय मा TELEMEDICINE संचालन तथा स्थानीय राजदुतावसंगको समन्वयममा बिभिन्न स्थनीय अस्पताल संग सम्झौता र सेवा प्रदान

कानुनी परामर्श :
कानुनी साहयता डेस्कको स्थापना, राजदुतावसंगको समन्वयममा स्थनीय कानुनी परामर्शदातासंग सम्झौता र सेवा प्रदान

आवास:
काम छाडेर रोजगार बिहिन भएका र बसोवास नभएकाको सहजीकरण

सहजीकरण :
-राजदुतवास र नेपाल सरकार र बिभिन्न निकायबाट उपलब्ध हुने सुबिधा प्रयोगमा सहजीकरण
-भुइँ मान्छेका दैनिक प्रशाशनिक समस्या समधानमा सहजीकरण

अभिमुखीकरण:
क्षमता अभिमुखीकरणमा सहयोगी NRNA
-स्वाबलम्बन (Micro Project) अभियान
-नेतृत्व विकास तथा अभिमुखीकरण परियोजना र तालिम संचालन

अन्त्यमाः
-केन्द्रले आफ्ना कार्यक्रम निर्माणमा राष्ट्रिय समन्वय समितिहरुसंग सहकार्य
-राष्ट्रिय समितिहरुलाई आवश्यकता र कार्यक्रम तर्जुमा अनुसार बजेट हस्तान्तरण
-निर्णय तथा कार्य बिभाजनमा विकेन्द्रीकरण तहगत संरचना विकास
-राष्ट्रिय समितिहरुको नीतिगत स्वायत्तता

Submit a Comment

Your email address will not be published. Required fields are marked *

ten + sixteen =