काठमाडौं । महानायक राजेश हमालले आधुनिकताको नाममा फेन्सी सामाग्रिको बढ्दो प्रयोगले नेपालको हस्तकला व्यवसाय ओझेलमा परेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौमा आयोजित हिमालयन एक्सपोको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वव्यापिकरणले हस्तकला व्यवसाय ओझेलमा पर्नका साथै यसको महत्व पहिलेको उचाईमा रहन नसकेको बताए ।

मौलिक र परम्परागत सामानलाई आधुनिक सामाग्रिले विस्थापित गरिरहेको अवस्थामा हस्तकलाको पहिचानलाई पुनजागरण गर्न एक्सपोहरुले सहयोग पुग्ने उनको विश्वास छ । उनले भने,‘आधुनिकता सर-सामानको पछि लाग्यौं भने हाम्रो समाजको लागि र परम्परागत संस्कृतिलाई हानि पु¥याउन सक्छ । घरेलु उद्योगहरु लोकप्रिय थिए । विदेशीहरूले एकदमै रुचाउँथे। तर पछिल्लो समय विश्वव्यापिकरण हो कि किन हो । हस्तकला व्यवसाय ओझेलमा परेको छ । यसको महत्व त्यही उचाइमा रहन सकेको छैन् । यसको पहिचानलाई पुनजागरण गर्न यस्तो एक्सपोहरुले सहयोग प¥याउँछ ।’

उनले हस्तकलाको, विगतको अन्तराष्ट्रिय स्तरमाभएको उचाईलाई जागरण गर्न सम्बन्धितनिकायले ध्यान पु¥याउनु पर्ने बताए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

3 × 5 =